ट्रम्पकाे कोरोनाबारे अभिव्यक्तिले चीनलाई तनाब

न्यूयाेर्क । चीनकाे वुहान प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको प्रमाण आफूसँग रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेपछि विश्वभरि हलचल भएकाे छ ।

वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीको लापारबाहीले कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको ट्रम्पले गरेका छन् ।

ह्वाइट हाउसमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूसंग सोको प्रमाण रहेको बताएका हुन् ।

चीनले कोरोना भाइरस फैलाउने कार्य जानीजानी गरेको हो कि गल्तीले भयो भन्ने बारे अझै स्पष्ट नभएको उनले बताए ।

उनले यसमा थप छानबिन भैरहेको बताए । ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चीनको साथ दिएको पनि आरोप लगाएका छन् ।

सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहान पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

अहिले यस संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ ।

Published : Friday, 2020 May 1, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया