रोल्पामा बम विस्फोट, चार बालबालिकाको मृत्यु

घोराही । रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट भएको छ । त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ बालवालिकाको मृत्यु भएको छ ।

बमको ठूलो आवाज आएपछि गाउँलेहरू हेर्न जाँदा बम विस्फोटमा परी ४ बालवालिकाको घटनास्थलमै मृत्यु भएको त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा ७ देखि ११ वर्ष उमेरका ३ बालक र १ बालिका रहेको वडाध्यक्ष बुढाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले घटनाको विषयमा जानकारी आउन बाँकी रहेको बताए ।

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले खेलाउने क्रममा भेट्टाएको हुने सक्ने आशंका गरिएको छ ।

Published : Thursday, 2020 April 30, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया