सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा खाद्यान्न सहयोग

काठमाडौं । सूर्यबहादुर थापा प्रतिष्ठानले लकडाउनबाट समस्यामा परेका धनकुटा जिल्ला निवासीहरूलाई खाद्यान्न सहयोग गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले समस्यामा परेका मजदुर, वृद्ध–वृद्धा, अति विपन्न र असायलाई खाद्य सामग्रीहरू उपलब्ध गराएका हुन् ।

धनकुटा जिल्लाबाट काठमाडौंमा आएर बसोबास गर्ने व्यक्तिलाई लकडाउनले समस्या बनाएपछि बिहीबार दैनिक उपभोग्य सामग्रीहरू चामल, दाल न्युट्रेला, तेल, नुन र चिनी उपलब्ध गराइएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि प्रतिष्ठानले धनकुटामा हेलिकप्टरमार्फत स्वास्थ्य सामग्रीहरू पठाएर हस्तान्तरण गरिसकेको छ ।

Published : Thursday, 2020 April 30, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया