सिसहनियाँका १४ साना व्यवसायीलाई राहत वितरण

तीर्थराज ज्ञवाली

सिसहनियाँ । दाङको राप्ती गाउँपालिकास्थित सिसहनियाँ उद्योग वाणिज्य संघले साना व्यवसायीहरूलाई राहत प्रदान गरेको छ ।

लकडाउनका कारण समस्यामा परेका सिसहनियाँका साना ब्यवसायीलाई दैनिक उपभोग्य सामग्री संघले उपलब्ध गराएको हो ।

सिसहनियाँ क्षेत्रमा ब्यवसाय सञ्चालन गर्दै आएका साना व्यवसायीलाई खाद्य सामग्री हस्तान्तरण गरिएको अध्यक्ष शान्तराज भण्डारीले बताए ।

१४ जना ब्यवसायीलाई २५ किलो चामल, २ किलो दाल र १ लिटर तेल प्रदान गरेको महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिए ।

राहत पाउने जुत्ता सिलाई पसल, कपाल कटिङ सेन्टर, फलफूल पसल, ढेब्ली पसल सञ्चालक, ठेला पसल सञ्चालक, टेलरिङ सेन्टरका सञ्चालक, चिया नास्ता पसल सञ्चालकहरूलाई राहत दिइएको थियो ।

Published : Friday, 2020 April 10, 3:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया