कांग्रेसका खतिवडाले मुख्यमन्त्रीसँग भने, ‘सहायता सामग्री छिटो पठाउनुस्, ढिला भयो’

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले लकडाउनका कारण ओखलढुंगाका जनता समस्यामा परेको भन्दै प्रदेश १ का मुख्यमन्त्री शेरधनलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।

मुख्यमन्त्री राईलाई मंगलबार फोन गरेर खतिवडाले ओखलढुंगामा स्वास्थ्यसहितका सामग्री नभएको बताए । खतिवडाले भने, ‘प्रदेश सरकारको तर्फबाट के–के सहयोग गर्नुभएको छ ? ती सामग्री जिल्लामा पठाउनु प¥यो ।’ लकडाउनले ओखलढुंगाका जनता समस्यामा परेको भन्दै उनले सहायता सामग्री छिटो पठाउन आग्रह गरेका हुन् ।

जवाफमा मुख्यमन्त्री राईले स्वास्थ्यसहितका सामग्रीहरू पठाउन आफूले सक्दो प्रयास गरिरहेको भन्दै छिट्टै सामानहरू आउन आश्वासन दिएका खतिवडाले बताए ।

कांग्रेसका नेता खतिवडाले धरानमा अलपत्र परेका ओखलढुंगाका दुई जना व्यक्तिलाई उद्धार गर्न पनि मुख्यमन्त्री राईसँग आग्रह गरेका छन् ।

यसैबीच, नेपाली कांग्रेसका युवा नेता खतिवडाले ओखलढुंगामा दश हजार मास्क, चिकित्सकहरूले उपचारका क्रममा लगाउने पीपीई, हातमा लगाउने पञ्जालगायतका सामग्री वितरण गरेका छन् ।

खतिवडाले गाउँपालिका र नगरपालिकाका प्रमुखहरूमार्फत स्वास्थ्य सामग्रीहरू वितरण गरेका हुन् । लकडाउनका कारण समस्यामा परेका ओलढुंगाका जनतालाई स्वास्थ्य उपचारमा सहयोग होस् भनेर खतिवडाले आफैले ती सामग्रीहरू लिएर ओखलढुंगा आएका थिए ।

यसैबीच, खतिवडाले ओखलढुंगाको आगलागी पीडितलाई आर्थिक सहयोग पनि गरेका छन् । उनले आफ्नो व्यक्तिगतर्फबाट आगलागी पीडित परिवारलाई पाँच हजार नगद सहयोग गरेका हुन् ।

Published : Wednesday, 2020 April 8, 9:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया