काठमाडौंमा शक्तिशाली आतंकवादी समूह ‘आईएसआईएस’का ठूला नेताहरू पक्राउ

काठमाडौं । आतंकवादी समूह आईएसआईएसका तीन जना लडाकुलाई भारतीय प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

उनीहरूलाई दिल्ली प्रहरीको विशेष फोर्सले नेपालबाट पक्राउ गरेर भारत लगेको बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ख्वाजा मोइनुद्दीन ९५२०, सैयद नवाज ९३२० र अब्दुल समद रहेका छन् ।

तामिलनाडुबाट फरार भएका तीन जना नेपालबाट दिल्ली जाँदैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गर्न बजीराबाद ईलाकामा योजना बनाएको थियो ।

आईएसआईएसका तीन जना तामिलनाडुबाट भागेपनि उनीहरूलाई काठमाडौबाट पक्राउ गरेको भारतीय उच्च सुरक्षा स्रोतले जनाएको छ । उनीहरू केही दिन अगाडि काठमाडौंमा पक्राउ परेका हुन् ।

प्रहरीले तीन जनालाई आत्मसमर्पण गर्न भनेपनि उनीहरूले प्रहरीमाथि नै गोली चलाएपछि जवाफी कारबाहीपछि तीन जनालाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।

दिल्ली प्रहरीको विशेष फोर्सका अनुसार यी तीनै जना आतंककारी तामिलनाडुमा एक हिन्दू नेताको हत्यामा समेत संलग्न थिए ।

सन् २०१४ मा भारतका केही साथीहरूसँग मिलेर उनीहरूले तामिलनाडुका हिन्दु नेता सुरेश कुमारको हत्या गरेका थिए ।

घटनामा संलग्न ६ जना फरार भएका थिए । तीमध्ये तीन जनालाई नेपालबाट पक्राउ गरिएको छ ।

Published : Friday, 2020 January 10, 11:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया