नेपाली सेक्सी नायिकाले शुभेच्छुकहरूलाई भनिन् ‘डगी’

काठमाडौं । नेपाली फिल्मकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्ना आलोचकहरूलाई कुकुर भनेर रिस पोखेकी छिन् ।

विदेशमा अर्धनग्न भएर प्रेमीसँग मस्ती गर्दै गरेको फोटोलाई लिएर आलोचना भएपछि शाहले आक्रोश पोखेकी हुन् । इन्स्टाग्रामको स्टोरीमा नायिका शाहले भनेकी छिन्, ‘हाथी तले बजार, कुत्ते भोके हजार ।’

आफूलाई हात्ती र आलोचना गर्नेहरूलाई शाहले कुकुर भनेकी छिन् । उनको यो टिप्पणीको पनि सामाजिक सञ्जालमा आलोचना भएको छ ।

स्तनमा बनाएको ट्याटुको तस्वीर लिक भएपछि नायिका शाहको आलोचना भएको थियो । नायिका शाहको आलोचना गर्नेहरू उनका समर्थक हुन् भन्ने भुलेकी छिन् । शुभेच्छुकहरूले मात्रै आलोचना गर्छन् भन्ने कुरा उनले किन भुलिन् रहस्यको विषय बनेको छ ।

मयंक खड्कासँगको प्रेम सम्बन्धका कारण चर्चामा मयंकसँगको प्रेम सम्बन्ध त्यति लामो समय टिकेन । मयंकसँग ब्रेक अप भएपछि उनी देवाङ्स राणासँग प्रेम सम्बन्धमा छिन् ।

नेपाली फिल्म ‘रातो टीका निधारमा’ को छायांकनपछि नायिका शाह रमाइलो गर्न भन्दै इन्डोनेसियाको बाली पुगेकी छिन् ।

समुन्द्रको तटमा देवाङ्ससँग विकिनीमा खिचेका फोटो सार्वजनिक गरेकी छन् । उनलाई सार्वजनिक गरेको फोटोलाई लिएर धेरैले उनलाई कामुक र उत्ताउली भनेका छन् ।

पछिल्लो पुस्ताका अधिकांश नेपाली कलाकार बलिउड र हलिउडबाट बढी प्रभावित देखिन्छन् । त्यसैले कतिपय कुरा अनुकरण गर्न खोज्छन् ।

नेपाली सामाजिक धरातल र मान्यता बिर्सिएर कुनै पनि कुरा अनुकरण गर्दा आलोचना हुने पूराना कलाकारहरू बताउँछन् ।

Published : Tuesday, 2019 July 23, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया