देउवालाई तर्साउन विरोधी गुट सक्रिय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नजिकिदै गर्दा सभापति शेरबहादुर देउवाविरोधी समूहको गोप्य बैठक र भेलाहरू हुँदै आएका छन् । राष्ट्रिय जागरण अभियान र भ्रातृ तथा संघीय स्वरुपमा संरचना बनाउने विषयमा नेताहरूबीच गोप्य भेला र परामर्शहरू भएका हुन् ।

सभापति देउवाको पेलानमा परिने डरका कारण वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहबीच पनि गोप्य वार्ता भएको छ । मंगलबार काठमाडौंमा नुवाकोट कांग्रेसका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको निवासमा गोप्य भेला भएको हो । भेलामा सभापति देउवाविरुद्ध एक भएर जाने सहमति भएको छ ।

सभापति देउवाले असार २२ गतेको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश कार्यसमिति र भ्रातृ संगठनहरूलाई पूर्णता दिनेदेखि विभागहरू गठनको प्रस्ताव गर्दै छन् । देउवाको प्रस्तावबाट डराएका पौडेल र सिटौलाबीच सहमतिको प्रयास गरिएको छ ।

सभापतिमा पौडेललाई सिटौलाले नै सिध्याएका हुन् । सिटौलाले पौडेल समूहलाई असहयोग गरेर देउवालाई सहयोग गरेपछि सभापति पदमा देउवा निर्वाचित भएका थिए । अहिले फेरि पौडेलसँग सिटौलाले हात मिलाउन पुगेका छन् ।

कोइराला परिवारको साथ पौडेल समूहलाई रहेको बताउने गरिएको छ । कोइराला परिवारबाट कांग्रेसको नृत्व बाहिरिएको अवस्थामा पनि कोइराला परिवारमै नेपाली कांग्रेसको नेतृत्व फर्किन्छ कि भन्ने आशंक एउटा समूहमा छ ।

कोइराला परिवार नै नेपाली कांग्रेसका लागि सबैभन्दा ठूलो दुश्मन रहेको चर्चा गर्ने गरिएको छ । कोइराला परिवारकै कारण सन्त नेता कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले नेपाली कांग्रेसलाई छाडेर उत्तरार्धमा निश्क्रिय भएका थिए ।

नेपाली कांग्रेसको १४औँ महाविधेशनमा फेरि पनि सभापतिमा देउवाले नै दाबी गर्ने संकेत आएको छ । यताबाट सभापतिमा अहिलेसम्म रामचन्द्र पौडेल, डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइरालासहितका नेताहरूले इच्छा जनाएका छन् । स्रोतका अनुसार अन्तिममा देउवाले सभापति पड्काउने चर्चा पनि छ ।

Published : Thursday, 2019 July 4, 1:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया