गोकुल बास्कोटाले दिउँसै झठ बोलेर अन्धकार बनाए, कांग्रेस सांसदको प्रश्नले खैलाबैला

काठमाडौं । कम्युनिस्ट सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदमा झुट बोलेका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयक ०७६–७७ अन्तर्गत मन्त्रालयगत छलफलमा मन्त्री बाँस्कोटाले सांसद्ले उठाएको प्रश्नको जवाफमा शुक्रबार बास्कोटाले गुठी विधेयकका सम्बन्धमा शुक्रबार आफूले सामन्तवाद शब्द प्रयोग नगरेको दाबी गरेका हुन् ।

‘आरोप लगाइरहन पाइन्छ । पुष्टि गर्नु मुख्य कुरा हो । त्यतातर्फ फर्कन म अनुरोध गर्न चाहन्छु’, उनको जवाफ थियो, ‘भन्दै नभनेको कुरा भन्यो भनेर रिउमर क्रियट गरेर, पानी धमिल्याएर माछा मार्न सकिन्छ कि भन्ने भ्रमबाट मुक्त हुनु होला ।’

आफूमाथि आरोप लगाइएको दाबी गर्दै पुष्टि गर्न उने चुनौती दिए । ‘कहीं त्यस्तो पुष्टि भयो भने म त्यतिखेर नै सवाल जवाफ गरौंला, मैले त्यो भनेको पनि छैन’, मन्त्री बास्कोटाले भने ।

मन्त्री बाँस्कोटाले काठमाडौंको कुरा सांस्कृतिक र काठमाडौं बाहिरको विषय भूमि व्यवस्था, भूमिहीनसित जोडिएको मात्रै भनेको दाबी गरेका थिए ।

नभनेको कुरालाई भन्यो भन्ने, तीललाई पहाड बनाउने, नचलेको हावा चलाउन खोजेर राजनीतिक लाभको स्वार्थबाट आफूमाथि आरोप लगाइएको उनको भनाइ थियो ।

बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले गुठी विधेयकको विरोधमा काठमाडौंमा उर्लिएको जनसागरलाई मन्त्री बाँस्कोटाले सामन्ती सोचको अवशेष भनेको बारे जवाफ मागेकी थिइन् ।

मन्त्री बाँस्कोटाले जेठ ३० गते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने ?’

मन्त्री बास्कोटाले प्रश्न गरे, ‘गुठी, बेखारी, हलिया, कमलरीजस्ता प्रथाले सामन्तवादको आर्थिक, सामाजिक एवं राजनीतिक चरित्रको प्रतिनिधित्व गर्थे, तिनलाई हामीले भत्काउन खोजेका मात्र हौं ।’

Published : Friday, 2019 June 21, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया