गुठी विधेयक राष्ट्रिय सभाबाटै फिर्ता लिनुपर्छः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले राष्ट्रियसभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाँडले मन्त्रिस्तरीय निर्णयबाट मंगलबार फिर्ता लिइएको गुठी विधेयक राष्ट्रिय सभाबाट पनि फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले सो विधेयक फिर्ता लिए पनि गुठियारहरूको मागलाई मनैदेखि स्वीकार गर्न नसकेको बताए ।

उनले गुठी विधेयक राष्ट्रिय सभाबाट फिर्ता नभएको भन्दै सम्बन्धित पक्षलाई सचेत पनि गराएका छन् ।

सरकारले सडक र सदनको दबाब थेग्न नसकेपछि सो विधेयक फिर्ता लिन बाध्य भए पनि त्यसलाई मनैदेखि स्वीकार नगरेको प्रमुख सचेतक खाँणको दावी छ ।

प्रमुख सचेतक खाँणले प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्री पदमा अर्यालले सो विधेयक फिर्ता लिएको पत्रकार सम्मेलनबाट जानकारी पाएको भनेपछि के सरकारले सो विधेयक गुठीयारहरूको मागलाई सम्बोधन गर्न फिर्ता लिएको हो ? भन्ने आशंका जन्माएको बताएका छन् ।

Published : Wednesday, 2019 June 19, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया