ओली सरकारविरुद्ध ठूलो प्रदर्शन, प्रदर्शनकारी देखेर कम्युनिस्टहरू चकित परे (तस्वीर)

काठमाडौं । गुठी विधेयकको विरोधमा कम्युनिस्ट सरकारविरुद्ध काठमाडौंमा एतिहाँसिक प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघर मण्डलामा बुधबार कम्युनिस्ट सरकारविरुद्ध गुठीयारहरूले प्रदर्शन गरेका हुन् । गुठी विधेयक फिर्ता लिएको घोषणा गरेपनि उपत्यकाका गुठीयारहरूले त्यसबाट चित्त बुझाएनन् ।

गुठी विधेयक फिर्ता लिएर मात्रै नपुग्ने भन्दै यसलाई खारेज नै गर्नुपर्ने उपत्यकाबासीहरूको माग छ ।

भूमि सुधार तथा सहकारी व्यवस्थामन्त्री पदमा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर गुठी विधेयकमा थप छलफल गर्नुपर्ने भएको बताउँदै फिर्ता लिएको घोषणा गरेकी थिइन् ।

मन्त्री अर्यालको निर्णयलाई समर्थन गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीले बताएका थिए ।

सरकारले विधेयक फिर्ता लिए पनि बुधबार काठमाडौंको माइतीघरमा दिनभर विरोध प्रदर्शन भएको छ ।

आन्दोलनकारीहरूले विधेयक फिर्ता लिएर मात्रै आन्दोलन नरोकिने बताउँदै विधेयक खारेजी आफ्नो बटमलाइन भएको घोषणा गरेका छन् ।

सरकारले विधेयक खारेज गरेको घोषणा नगरेसम्म आन्दोलन नरोकिने प्रदर्शनकारीहरूले बताएका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट निस्केको जुलुस माइतीघर मण्डलामा आइपुगेर सभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनमा सहभागीहरूले एकै स्वरमा आफ्नो बटमलाइन सुनाएका छन् ।

माइतीघर मण्डलामा उपत्यकाका ४० भन्दा बढी गुठीहरूका तर्फबाट सहभागिता जनाइएको थियो ।

प्रदर्शनका कारण उपत्यकाको यातायात व्यवस्थासमेत अस्त व्यस्त भएको थियो ।

Published : Wednesday, 2019 June 19, 2:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया