देउवाको जवाफले कम्युनिस्टहरूको ओठमुख सुक्यो, देशभरि कांग्रेसको प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीले प्रतिपक्षको प्रश्न सुनेर जवाफ दिनुपर्ने बताएका छन् ।

मंगलबार संसदको बैठकपछि सम्वाददाताहरूसँग बानेश्वरमा कुरा गर्दै देउवाले कांग्रेसले जायज माग राखेर संसदमा विरोध जनाएको बताए ।

सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न नदिई प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई बोल्ने अनुमति दिएपछि आफूहरूले संसदीय मर्यादा कायम राख्न विरोध जनाएको देउवाले बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीले बोल्ने नभई जवाफ दिनुपर्ने बताए । अन्तर्राष्ट्रिय अभ्यासलाई आफूहरूले पछ्याउन खोजेको नेपाली कांग्रेसका सभापति देउवाले बताएका छन् ।

‘संसदमा प्रधानमन्त्रीले बोल्ने होइन जवाफ दिने हो’, उनले भने, ‘उहाँले पहिले बोलिसकेपछि के बोल्ने मैले ?’

‘बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज’, सभापति देउवाले भने, ‘जहाँपनि विपक्षीले पहिले बोल्ने हो । शुरुमा कहाँ बोल्छन् ?’

कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले संसदमा बोल्न आफूलाई नदिएर नेपाली कांग्रेसले संसदीय मर्यादाको धज्जी उडाएको आरोप लगाएका छन् ।

तर, संसद अबरोधबारे देउवाले दिएको स्पष्टीकरण संविधान र संसदीय मर्यादाअनुकूल रहेको जानकारहरूले बताएका छन् ।

सभामुख कृष्णबहादुर महराले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदमा बोल्न समय माग्दा समय नदिनुलाई सत्ताको लाचार छायाँको संज्ञा दिएका छन् ।

संसदको मंगलबारको बैठकमा प्रधानमन्त्री ओली र सभामुख महराले अघिल्ला समयमा जस्तै यस पटक पनि पेलेर जान खोजेका थिए ।

आफूलाई सशक्त रुपमा उभ्याएको नेपाली कांग्रेसले कम्युनिस्टहरूको योजनालाई मंगलबार संसदमा बिफल बनाइदिएको छ ।

त्यति मात्रै होइन नेपाली कांग्रेसको कडा रुप देखेपछि बाध्य भएर कम्युनिस्ट सरकारले गुठी विधेयक पनि फिर्ता लिएको छ ।

Published : Tuesday, 2019 June 18, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया