अभियानले गाउँका कार्यकर्ता र कांग्रेसलाई जोड्योः दीपक गिरी

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले जनतालाई जागरुक बनाउन कांग्रेस गाउँ पसेको बताएका छन् ।

पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रमलाई नवलपुरको कावासोतीमा शनिबार सम्बोधन गर्दै गिरीले कांग्रेससँग गाउँका जनताको भावना जोडिने मौका मिलेको बताए । उनले राष्ट्रिय जागरण अभियानको बहानामा कांग्रेस र गाउँका कार्यकर्ताबीच भावना साट्ने मौका मिलेको बताए ।

कांग्रेसभित्रको गुट र उपगुट अन्त्यका लागि उनले माग गरे । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला कुनै पनि नेताले गुटको राजनीति गर्न नहुने बताए ।

नेपाली कांग्रेसलाई प्रादेशिक संरचनाअनुसार नेपाली कांग्रेसलाई समयमा नै ढाल्न केन्द्रीय सदस्य गिरीले बताए ।

नेताहरू मिल्ने हो भने आगामी निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरू पराजित नहुने उनले बताए । गिरीले पार्टीमा नेता तथा कार्यकर्ताहरूलाई परिचालन गरेर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए ।

जागरण अभियानका क्रममा आएका सल्लाह र सुझावहरूलाई केन्द्रीय कार्यसमितिमा पु¥याउने गिरीले बताए ।

कम्युनिस्टहरू अधिनायकवाद ल्याउने षड्यन्त्र भइरहेको बताएका गिरीले संविधानलाई असफल बनाउन लागेको उनले बताए । पानीजहाज र रेलका कुरा गरेर जनतालाई धोका दिएर खड्गप्रसाद ओलीले दुई तिहाइको बहुमत ल्याएको बताए ।

Published : Saturday, 2019 June 8, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया