सलमान खानको नाममा ठगी गर्ने गुरुङ पक्राउ

काठमाडौं । बलिउड अभिनेता सलमान खानको नाममा टिकट बिक्री गरेर ठगी गरेको अभियोगमा प्रहरीले सीमान्त गुरुङलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरुङलाई शुक्रवार पक्राउ गरेको हो । सलमान खान लगायतका बलिउड स्टार नेपाल ल्याउने भन्दै झुक्याएर टिकट बिक्री गरी ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताएका छन् ।
फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने भनिएको सलमान खानको दब्याङ्ग टुर नेपाल स्थगित भएको थियो । जेठमा कार्यक्रम गर्नेभन्दै आयोजकले बताएर पैसा फिर्ता गर्न मानेका थिएनन् ।
Published : Friday, 2018 July 13, 9:01 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत