‘डन’ गिरीले पाए सफाई

काठमाडौं । गुन्डा नाइके अभिषेक गिरीले सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाई पाएका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी तथा न्यायाधीश चन्ढीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बस्नेतलाई सफाइ दिएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ गते गिरीसहित गुन्डा नाइकेहरु गणेश लामा, पर्शुराम बस्नेत, दीपक मनाङे र चक्रे मिलन (मिलन गुरुङ)विरुद्ध मुद्दा दायर गरेको थियो । विभागले गिरीसँग २.९४ करोड रुपैयाँ अवैध सम्पति रहेको दावी गरेको थियो ।

यसअघि दीपक मनाङे, चक्रे मिलन र पर्शुराम वस्नेतले पनि सम्पति शुद्धीकरणको मुद्दामा सफाई पाइसकेका छन् । अब गणेश लामा मात्र फैसला हुन बाँकी छ । लामा हातहतियार खरखजना मुछामा पुर्पक्षको लागि थुनामा छन् ।

Published : Tuesday, 2018 June 19, 8:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया