कांग्रेसले दियो शंकर पोखरेललाई अकस्मात ठूलो झट्का

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ल्याएको बजेटप्रति असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद वैठक बहिस्कार गरेको छ ।

कांग्रेसले संसद बहिष्कार गरेपछि मुख्यमत्री पोखरेल तनावमा परेका छन् । सोमबार दिउँसो १ बजे बसेको बैठकमा कांग्रेस सांसद डिल्ली चौधरीले सरकारले प्रस्तुत गरेको बजेट असमान भएको भन्दै विरोध जनाएका थिए । त्यसपछि कांग्रेसका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाए ।

सभामुख पूर्णबहादुर घर्तीले संसदको बैठक अगाडि बढाउन पटक–पटक आग्रह गर्दा समेत कांग्रेस सांसदले सभामुखको आदेश नमानेपछि उनीहरू बैठक नै बहिस्कार गरी बाहिरिएका छन् ।

कांग्रेस सचेतक निर्मला क्षेत्रीले आफूहरूले उठाएका मागहरू संसदमा मुख्यमन्त्रीले सम्बोधन नगर्दासम्म बैठक अवरुद्ध गर्ने बताइन् । माग सम्बोधन नभएसम्म बैठकमा सहभागि नहुने कांग्रेसको अडान छ ।

Published : Monday, 2018 June 18, 6:07 pm

2 प्रतिकृया प्राप्त “कांग्रेसले दियो शंकर पोखरेललाई अकस्मात ठूलो झट्का”

  • यो कुरामा मेरो १००% सहमती छ काङ्रेसले उठाको मुद्दामा होइन कि चुनबको बेला दाङ्लाइ राज्धानी बनाउछु मलाइ जिताउनोस भनेर जनता सामु भनेको कुरा हो कि होइन जब जितेर गयो अनि मुख्यमन्त्री जस्तो गरिमामय पद्सम्म हत्यायो र त आज दाङ ५ न.प्रदेसको राजधानी हुनुपर्छ भनेर मुखपनि खोलेन र पहल पनि गरेन हुन्छ हुन्न सम्सदमा भोटिङगरेपछी थाहा हुने थियो न बनाउन पहल्गर्छ न दाङ हुनुपरछ भनेर मुखखोलेर लबिङ गर्छ कस्तो घामण नेतालाइ भोट हालियर जिताएछ आज मलाइ आत्मगलानि हुन्छ।

  • काङ्रेस को मात्र होईन हामी कम्नीसट हरुको पनी आपती नै छ
    खास गरी दाङ्ग बासि मा नराजधानी नै भन्न सके न दाङ्ग मा बोले को कुरा
    को १००./.गतीलो ७पर्सेट बचेट नै पारे खाली आफनो
    दुनो सोज्याने बायक अरु कै छैन यस्तालाई त २बर्शै मै पद बाट फिरता
    बोलाने कानुन प र्देश मा बनोस

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया