गणेश लामालाई हत्कडी, साथमा भेटियो पेस्तोल

काठमाडौं । काठमाडौंको गौशालाबाट प्रहरीले गुन्डा नाइकेका रुपमा बदनाम कांग्रेस नेता गणेश लामालाई पक्राउ गरेको छ ।
उनलाई ६ राउन्ड गोली र चाइनिज पेस्तोलसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी मोहन थापाले बताए । प्रहरीका अनुसार गौशालाको एउटा होटलमा बुधबार राति गोली चलेको थियो ।
गोली चलेपछि पुगेको प्रहरीले हतियारसहित उनलाई पक्राउ गरेको जनाएको छ । पेस्तोल आफ्नो नभएर आफूलाई तर्साउन आएका केटाहरूको खोसेर राखेको लामाले बताउँदै आएको एसएसपी विश्वराज पोख्रेलले बताए ।
लामालाई गोली प्रहार गरेको भनिएको समूह फरार छ । प्रहरीले लामालाई पक्राउ गरेर हत्कडीसहित हिरासतमा राखेको छ ।
Published : Thursday, 2018 March 15, 9:39 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत