गायिका कोमल ओली एमालेमा प्रवेश गर्ने !

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य समेत रहेकी गायिका कोमल ओलीले एमालेमा प्रवेश गर्ने तयारी गरेकी छन् ।

बुधबार राजधानीमा आयोजित गायिका मञ्जु पौडेलको म्युजिक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कमल थापाको राप्रपा छाड्ने संकेत गरेकी हुन् । ओलीले आगामी मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा गृहजिल्ला दाङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरिन् ।

स्रोतका अनुसार उनी राप्रपा परित्याग गरी एमालेमा प्रवेश गर्दै छिन् । यसका लागि गायिका ओलीले एमाले नेताहरू शंकर पोखरेल, केपी ओलीसँग छलफल चलाएकी छन् ।

कुरा मिल्यो भने गायिका ओलीले एमालेबाटै प्रदेशसभा चुनाव लड्ने तयारी गरेकी छिन् । कार्यक्रममा उनले भनिन्, ‘म आउने चुनावमा दाङबाट उठ्दैछु, सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहोला, म देशकै सेवा गर्छु गीत पनि गाउँछु ।’

प्रदेशको चुनावमा उठ्ने घोषणा गरेपछि गायिका ओलीले पार्टीको नाम उल्लेख गरिनन् । कुन दलबाट उठ्ने भन्ने कुराको छलफल चलिरहेको मात्र बताइन् ।

यसबाट के बुझ्न सकिन्छ भने उनी राप्रपा छाड्दैछिन् । दशैंपछि गायिका ओली एमालेमा प्रवेश गर्ने तयारीमा रहेकी छिन् ।

Published : Wednesday, 2017 September 20, 5:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया