अख्तियारको विधेयकमा उपसमितिको प्रतिवेदनमाथि प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयकमा प्रधानमन्त्री केपी ओलीको कुनै हस्तक्षेप नरहेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले अख्तियार दुरुपयोग अनुसनधान आयोगको ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि प्रधानमन्त्री ओलीको कुनै हस्तक्षेप नरहेको बताए ।
सभापति खतिवडाले समिति स्वतन्त्र रूपमा आफ्नो काममा क्रियाशील रहेको तथा यसका काममा प्रधानमन्त्री ओलीको चासो भन्ने आधारहीन प्रचार भएकामा त्यसको प्रतिवाद गरे ।
उनले भने, ‘कस्ले दुष्प्रचार गरेको हो जानकारी छैन ।’ उपसमितिले नीतिगत बाहेकका विषयमा मन्त्रिपरिषदले गरेको निर्णयमाथि पनि आयोगले अनुसन्धान गर्न सक्ने गरी संशोधन गर्न सुझाव दिएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया