उपप्रधान तथा शहरी विकासमन्त्री सिंह र लुम्बिनीका शहरी विकासमन्त्री राणाबीच भेटवार्ता
काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले भेटवार्ता गरेका छन् ।
शनिबार बिहान काठमाडौंको ठमेल (चाक्सीबारी)स्थित निवासमा मन्त्रीद्वय सिंह र राणाबीच भएको भेटमा लुम्बिनीको बजेटका विषयमा कुराकानी भएको हो । उनीहरूबीच लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयको बजेट र विकास आयोजनाहरूको विषयमा कुराकानी भएको छ ।
उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयलाई सहयोग गर्ने आश्वासन दिएको मन्त्री राणाले बताए ।
मन्त्री सिंहले मन्त्री राणालाई शहरी विकास मन्त्रालयबाट हुने सबै सहयोग गर्ने आश्वासन दिएका छन् ।
Published : Saturday, 2024 August 10, 12:30 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया