बेलायतमा हुलदंगा चलिरहेको स्थानमा नजान नेपालीहरुलाई आग्रह, हिंसात्मक प्रदर्शन
काठमाडौं । बेलायतस्थित नेपाली राजदूतावासले बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदंगा चलिरहेको भन्दै त्यस्तो स्थानमा नजान आग्रह गरेको छ ।
मंगलबार राजदूतावासले विज्ञप्ति जारी गरेर बेलायतमा रहेका र बेलायत भ्रमण गर्न लागेका नेपाली नागरिकलाई त्यस्तो स्थानमा नजान आग्रह गरेको छ ।
राजदूतावासले आवश्यक सुरक्षा सतर्कता अपनाउन र सुरक्षा निकायले जारी गरेका सूचनाहरूको पालना गर्न अनुरोध गरेको छ ।
बेलायतस्थित नेपाली संघ संगठनहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा आफ्ना सदस्यहरूलाई जानकारी गराउन अनुरोध गरेको छ ।
बेलायतको साउथपोर्ट नगरमा तीनजना बालिकाको छुरी हानेर हत्या गरिएको घटनापछि देशका विभिन्न भागमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।

Published : Tuesday, 2024 August 6, 8:59 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया