सभापति खतिवडाद्वारा कार्यकरी प्रमुख पोखरेलसँग ओखलढुङ्गामा भएको क्षतिका बारेमा छलफल
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकरी प्रमुख अनिल पोख्रेलसँग ओखलढुङ्गामा भएको क्षतिका विषयमा छलफल गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभापति खतिवडाले कार्यकारी प्रमुख पोखरेललाई बोलाएर क्षति न्यूनीकरणमा भइरहेका प्रयासहरूका बारेमा जानकारी लिएका हुन् ।
अविरल वर्षका कारण केही समय अगाडि क्षति भएको ओखलढुङ्गाको मोलुङ–७, सुनकोशी–६, मानेभन्ज्यङ–९ र चम्पादेवी–४ को विभिन्न ठाउँहरूमा क्षतिको विवरण लिन निर्देशन दिएका छन् ।
छलफलमा सुनकोशी गाउँपालिका अध्यक्ष कमल तमाङ, सुनकोशी–६ वडाध्यक्ष विष्णु मगर, जिल्ला समन्वय समितिका सदस्य भीम गौतमको सहभागिता रहेको सभापति खतिवडाका स्वकीय सचिव हुकुम राईले बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया