फर्पुमा पहिरोले पुरिँदा तीन जनाको मृत्यु
मन्थली । अविरल वर्षाका कारण रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पु बस्ने बिमान तामाङको घर बिहीबार राति पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ ।
पहिरोले पुरिएर घरभित्र बसिरहेका बिमानकी छोरी १८ वर्षीया सीता तामाङ, सोही ठाउँ बस्ने च्यामा तामाङकी छोरी १३ वर्षीया आशिका तामाङ र पदम तामाङकी छोरी १४ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त स्थानमा पहिरो जाँदा तीन जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछाप, अस्थायी प्रहरी पोष्ट बेताली र प्रहरी चौकी गोकुलगंगा खिम्तीबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको छ । (तस्बिर फाइल)
Published : Friday, 2024 July 26, 10:19 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया