जहाज दुर्घटनाप्रति परराष्ट्रमन्त्री डा.राणाद्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले सौर्य एयरलाईन्सको जहाज दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको भन्दै गहिरो दुःख व्यक्त गरेकी छिन् ।
बुधबार मन्त्री डा.राणाले प्रेस नोट जारी गरेर जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।
उनले काठमाडौंबाट स्थानीय समयअनुसार बुधबार बिहान ११ः११ मा पोखरा उडानको क्रममा दुर्घटनाग्रस्त भएको खबरले अत्यन्त दुःखित भएको जनाएकी छिन् ।
दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै डा.राणाले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छिन् ।
साथै उपचाररत क्याप्टेन मनीष शाक्यको स्वास्थ्य लाभको परराष्ट्रमन्त्री डा.राणाले कामना गरेकी छिन् ।
Published : Wednesday, 2024 July 24, 11:45 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया