बाढी, पहिरो र डुवानका कारण समस्यामा परेका नागरिकहरूलाई सहयोग गर्न कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले चितवनको सिमलतालमा दुई वटा बस पहिरोले बगाएर भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढी, पहिरो र डुबानमा परेकाहरूलाई राहतका लागि सरकारसँग माग गरेको छ ।
आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सिमलतालमा परेकाहरूको खोजी, उद्धारका लागि पनि आग्रह गरेको छ ।
कांग्रेसले भनेको छ, ‘अविरल वर्षाका कारण चितवनको सिमलतालमा त्रिशुली नदीमा दुईवटा बस खसी ठूलो धनजनको क्षति हुनुका साथै देशका विभिन्न स्थानमा बाढी, डुवान र पहिरोमा परी कयौ घरपरिवारहरू विस्थापित भएका छन् भने केही व्यक्तिहरू वेपत्ता भएका छन् ।’
‘यसरी यस्तो प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिहरूप्रति नेपाली कांग्रेस संसदीय दलको यो बैठक हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘विस्थापित हुने परिवारहरूका लागि उचित राहत तथा व्यवस्थापन, वेपत्ताहरूको खोजी उद्दार, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था शीघ्रातिशीघ्र गर्न नेपाल सरकारसँग यो बैठक जोडदार माग गर्दछ’, कांग्रेसले भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बाढी, पहिरो र डुवानका कारण समस्यामा परेका नागरिकहरूलाई सहयोग गर्न नेपाली कांग्रेसका सबै साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरूलाई यो बैठक आग्रह गर्दछ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया