सभापति खतिवडाद्वारा मोलुङका पहिरोपीडितलाई राहत सामग्री प्रदान
मोलुङ । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको मोलुङका पहिरोपीडितलाई राहत उपलब्ध गराएका छन् ।
अविरल वर्षका कारणले असार १६ गते बेलुका गएको पहिरोले मोलुङ गाउँपालिका वडा नं. ७ पात्लेको जेसे गौँडा, पहरी वस्ती, गुरुङवारी तामाङ वस्ती, रचनेलगायतका गाउँको ४० घर पूर्णरुपमा क्षति भएको थियो ।
पहिरोका कारण २३७ जना सर्वसाधारण समस्यामा छन् । खुला आकाशमुनि रहेका पहिरोपीडितहरूलाई सभापति खतिवडाले राहत सामग्री वितरण गरेका छन् ।
खतिवडाले पीडितहरूलाई चामल ४० वोरा, खाने तेल ४० लिटर, नुन ४० किलो, त्रिपाल ४० थान, स्लिपिङ ब्याग १५० थान, बच्चाहरूको लागि २०० किलो लिटो, महिला दिदीबहिनीहरूको लागि स्यनेटरी प्याड १०० थान, साबुन २०० वटा, मंजन ५० वटा, ब्रस १०० वटा लगायतका राहात सामग्री आफ्ना स्वकीया सचिव हुकुम राईमार्फत पठाएर वितरण गरेका हुन् ।
सभापति खतिवडाले श्री शान्ति सेवा गृह, तिलगंगा, काठमाडौंलाई अनुरोध गरेर श्री शान्ति सेवा गृहले राहत सामग्री उपलब्ध गराएको थियो ।
सभापति खतिवडा कार्य व्यवस्था तथा परामर्स समितिको बैठकमा सहभागी हुनुपर्ने र विश्वासको मत दिन प्रतिनिधि सभाको बैठक आइतबार बस्न लागेको हुँदा राहत वितरण गर्न आफै उपस्थित हुन नसकेको स्वकीय सचिव राईले बताए ।
राहत सामग्री वितरणमा नेपाली कांग्रेस ओखलढुङ्गाका प्रवक्ता प्रदीप बानियाँ, मोलुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष हेम सुनुवार, नेपाली कांग्रेस ओखलढुङ्गाका जिल्ला सदस्य प्रकाश दाहाल, समाजसेवी जीतबहादुर पहरी, केशरसिंह कार्की, पुष्कर थापा, प्रदीप पहाडीलगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया