नैनसिंह कोहलपुरबाट पक्राउ
नेपालगञ्ज । बाँके जिल्लामा डिएसपी हुँ भनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
ठगी गरेको अभियोगमा दैलेखको नारायण नगरपालिका–५ बस्ने ३० वर्षीय नैनसिंह बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बिकले विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सिआइबी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको डिएसपी हुँ भनी अनुगमनको शिलसिलामा आएको भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूसँग भेटेर कुराकानी गर्ने तथा सर्वसाधारणलाई ठगी गर्ने गरेको आरोप लागेको छ ।
बिकले ठगी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले बिकलाई कोहलपुर नगरपालिका–११ एनटिभी रोडबाट पक्राउ गरेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
Published : Wednesday, 2024 July 17, 7:40 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया