पिङ्गलास्थानको विवादित होटल बागमतीबाट २ विदेशी नागरिक पक्राउ
काठमाडौं । प्रहरीले एक किलो एक सय ग्राम कोकिनसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको छ ।
काठमाडौंस्थित होटलमा बस्दै आएका २ जना विदेशी नागरिकलाई १ किलो १ सय ग्राम लागूऔषध कोकिनसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुक्वु सिरिल ओबोडोइफुला र भारतीय नागरिक २४ वर्षीय फहिमुद्दीन नसिमुद्दीन अन्सारी रहेका छन् ।
काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थान (गौशाला)स्थित होटल बागमतीको कोठा नम्बर १०४ मा बसेका नाइजेरियन नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
सोधपुछको क्रममा कोकिनका क्याप्सुलहरू काठमाडौं महानगरपालिका–२६ स्थित होटल हानाको कोठा नम्बर १०२ मा बस्दै आएका भारतीय नागरिकलाई दिएको भनी खुल्न आएपछि उनको कोठा तलासी गर्दा ६२ वटा क्याप्सुलहरूबाट उक्त परिमाणको कोकिन फेला परेको छ ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेस गरी लागूऔषध कोकिन मुद्दामा म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
पिङ्गलास्थान गौशालामा रहेको बागमती होटल बेलाबेला विवादमा पर्दै आएको छ । यहि बागमती होटलमा बसेका बेला क्रिकेटर सन्दीप लामिछानेलाई किशोरी बलत्कारको अभियोग लागेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया