रुकुममा बाढीपहिरोले बगाएर ३ जनाको मृत्यु, घर र टहरा बगायो
घोराही । रुकुम (पश्चिम) जिल्लामा बाढीपहिरोले बगाएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाको कारण आठबिसकोट नगरपालिका–१२ झिनचौरस्थित गिजाखोलामा आएको बाढीपहिरोले बगाएर सोमबार राति ३ जनाको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने रूद्र पुनकी छोरीहरू १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनिसा पुन र सोही नगरपालिका–१० घर भई मामाघर आएकी ४ वर्षीया मनीषा सार्की रहेका जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बाढीपहिरोले २ वटा घर र १ वटा टहरा बगाई ३ जनाको मृत्यु भएको, ७ जना घाइते र १ जना बेपत्ता भएको थियो ।
बाढीपहिरोले क्षति गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको प्रहरीले ७ जना घाइतेहरूलाई उद्दार गरी उपचारको लागि नगर अस्पताल आठबिसकोट पठाई उपचार भइरहेको छ ।
बाढीपहिरो आएको स्थानमा तत्काल खटिएको प्रहरीले बेपत्ताको खोजी कार्य गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया