बेलासपुरबाट ४ जना ठूलो रकमसहित पक्राउ
नेपालगञ्ज । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले ठूलो रकमसहित चार जनालाई बाँकेमा पक्राउ गरेको छ ।
नेपालगंज उपमहानगरपालिका–१२ बेलासपुरबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका–१८ बस्ने २९ वर्षीय राजेश भुजु श्रेष्ठ, सोही उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर नगरपालिका–७ बस्ने २९ वर्षीय निमबहादुर बोहरा र नेपालगंज उपमहानगरपालिका–३ बस्ने कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भएका ३० वर्षीय राहुल देवल रहेको विज्ञप्तिमा उल्लेख छ ।
बेलासपुरस्थित नवील रेफ्रिजिरेटर एण्ड एयर कन्डिशन वर्कशप नामको टिभी फ्रिजमर्मत गर्ने पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पसलमा छापामारेको थियो ।
प्रहरीले पसलबाट नगद २४ लाख ६२ हजार ३ सय १५ रूपियाँसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया