प्रचण्डले बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाको आत्मसमीक्षा गरौँ : राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाको आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा यादवले बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबारे प्रधानमन्त्रीले आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘किन आज प्रधानमन्त्रीले पटकपटक विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो ?, विश्वास दिलाउन सकेको भए आज प्रधानमन्त्रीलाई यस्तो अवस्था आउने थिएन होला ।’

सांसद यादवले भने, ‘किन आफूलाई समर्थन गर्नेले पनि साथ छाड्दै गएका हुन् ? यसबारे समीक्षा गर्नुपर्ने अवस्था आएको छ ।’

सुशासनको पक्षमा सबै राजनीतिक दल मिलेर अगाडि बढ्नपर्ने उनले बताएका छन् ।

Published : Friday, 2024 July 12, 11:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया