उद्धार र राहतका लागि सभापति डा.राणाद्वारा अपील
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समितिकी सभापति डा.आरजु राणा देउवाले केही दिन यता देशभरिनै अविरल वर्षाका कारण आएको बाढी, पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःध व्यक्त गरेकी छिन् ।
शुक्रबार प्रेस नोट जारी गरेर सभापति डा.राणाले विभिन्न भू–भागमा मानवीय र ठूलो जनधनको क्षति पुगेकोप्रति गहिरो दुःख व्यक्त गरेकी हुन् ।
‘बिहीबार राति मात्र कास्की जिल्लामा एकै परिवारका ७ जनाले पहिरोमा पुरिएर ज्यान गुमाउनु परेको छ’, उनले भनिन्, ‘उहाँहरूप्रति हार्दिक श्रदाञ्जलि अर्पण गर्दै उनीहरूका परिवारलाई सरकारले उचित राहतको प्रवन्ध गर्न अनुरोध गर्न चाहन्छु ।’
उनले भनिन्, ‘नारायणघाट–मुग्लिन सडकमा पहिरोका कारण दुईवटा बस त्रिशूली नदीमा खसेको छ । म उक्त दुर्घटनामा परि बेपत्ता हुनुभएका सबै यात्रुहरूको तदारुकताका साथ खोजी कार्य गर्न नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु ।’
‘उक्त बसमा यात्रा गरिरहेका यात्रुका परिवारजनमा धैर्यधारण गर्न अनुरोध गर्दछु’, सभापति डा.राणाले भनिन् ।
‘हाम्रो भौगोलिक अवस्था अनुसारको उपयुक्त पूर्व तयारीको अभावमा प्राकृतिक विपत्तीबाट वर्षेनि ठूलो क्षति हुँदै आएको छ । तसर्थ हामीले प्राकृतिक विपत्तीको पूर्व तयारी, उद्धार तथा राहत तदारुकताका साथ गराउने र जोखिमपूर्ण सडकको पहिचान गरी मनसुनको समयमा नियमित सडक अवस्थाको अध्ययन गरेर मात्रै सवारी साधन संचालन गर्ने संयन्त्र तयार गर्न म नेपाल सरकारसँग माग गर्दछु’, उनले भनिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया