नारायणगढ-मुग्लिन सडकमा लेदोसहित खसेको ढुङ्गा लागेर चालकको मृत्यु
भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाडौंतर्फ जादै गरेको बसमा ढुङ्गा लागेर मृत्यु भएको छ ।
बिहीबार राति लु.२ ख ६५६६ नम्बरको बसमा सडकमाथिबाट लेदोसहितको पहिरोसंगै खसेको ढुङ्गाले लाग्दा चालक नवलपुरको सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेगनाथ बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढुङ्गाले लागेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Published : Friday, 2024 July 12, 12:46 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया