भैरहवा विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो, यात्रुहरू सकुशल
काठमाडौं । बुद्ध एयरको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिप्लिएर रन वे छाडेको छ ।
बिहीबार राति करीव साढे १० बजेतिर काठमाडौंबाट भैरहवा अवतरण गरेको जहाज चिप्लिएर रन वे छाडेको भैरहवाको विमानस्थल प्रहरीले जनाएको छ ।
भैरहवा बिमानस्थलमा अवतरण गर्ने क्रममा बुद्ध एयरको जहाज पश्चिमतर्फ रन वेबाट चिप्लिएको प्रहरी भनाइ छ ।
बुद्ध एयरको जहाज रन वे छाडेर चिप्लिए पनि सबै यात्रु सुरक्षित रहेका छन् । घटनाका विषयमा थप विवरण आएको छैन ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख (एसएसपी) रमेशकुमार बस्नेतले सबै यात्रु सकुशल रहेको पत्रकारहरूलाई बताएका छन् ।
Published : Thursday, 2024 July 11, 10:49 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया