कांग्रेस सांसद एवम् पूर्वमन्त्री राणाले ल्याए बाहाने–स्याउलीबाङ सडकलाई ४२ करोड
मसुरिया । नेपाली कांग्रेसका लुम्बिनी प्रदेशसभा सदस्य (सांसद) एवम् पूर्वमन्त्री सरोज थापा (रोज राणा)को पहलमा प्यूठानको बाहाने–स्याउलीबाङ सडकमा ४२ करोड रुपियाँ बजेट परेको छ ।
बाग्दुला–दम्ती बाहाने–खवाङ, नौबहिनी पर्यटन क्षेत्र सडकखण्ड (बाहाने–स्याउलीबाङ)मा समपुरक योजनाका लागि रू. ४२ करोड १५ लाख रकम विनियोजन भएको छ ।
लुम्बिनी प्रदेश सरकारको उद्योग तथा यातायात व्यवस्थामन्त्री भएका बेला राणा लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएका थिए ।
उक्त योजना आर्थिक वर्ष २०८१÷०८२ बाट कार्यान्वयन हुनेछ । त्यस क्षेत्रका जनतालाई यो सडकले ठूलो राहत दिनेछ ।
निर्वाचनका बेला राणाले बाहाने–स्याउलीबाङ सडकखण्ड बनाउने प्रतिवद्धता जनाएका थिए । समपुरक योजनामा लुम्बिनी प्रदेश सरकार र केन्द्र सरकारबाट बजेट आउनेछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया