मतदाता नामावली प्रकाशित भएको छैन, सम्वादबाट निकास निस्कन्छ : अध्यक्ष पोखरेल
काठमाडौं । नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले आसन्न निर्वाचनका लागि मतदाता नामावली प्रकाशित नहुँदै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।
शनिबार अध्यक्ष पोखरेलले विज्ञप्ति जारी गरेर हालसम्म महासंघले मतदाताहरूको आधिकारिक सूची प्रकाशित नगरेको बताएका छन् ।
उनले भने, ‘निर्वाचन समितिमार्फत् प्रकाशित हुने मतदाता नामावलीमा त्रुटि सच्याउने तथा छुटेका पत्रकारहरूको नाम समेट्न सकिने भएकाले केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी खोलेर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माणका लागि आग्रह गर्दछौँ ।’
‘असहमतिलाई वार्ता र सम्वादमार्फत् समाधान गर्न सकिने भएकोले चुनावको वातावरण निर्माणमा सम्वेदनशील बन्न महासंघ सबैमा आग्रह गर्दछ’, अध्यक्ष पोखरेलले भनेका छन् ।
नेपाल प्रेस युनियन लगायत विभिन्न संघ संस्थाले महासंघको कार्यालयमा ताला लगाउने लगायतका कार्य गरेपछि अध्यक्ष पोखरेलले ध्यानाकर्षण भएको भन्दै वार्ता र सम्वादबाट समस्याको समाधान गर्न सकिने जनाएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया