काभ्रेका कान्छामान लामा सुन तस्करीको अभियोगमा पक्राउ
काठमाडौं । प्रहरीले काभ्रेका कान्छामान भनिने थर्कमान लामालाई सुन तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ ।
तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको जनाएको छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ ।
राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो ।
Published : Friday, 2024 May 31, 3:53 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया