रोल्पामा कांग्रेसबाट निर्वाचित सुपारी विश्वकर्माको निधन
काठमाडौं । रोल्पा जिल्लमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित सुपारी विश्वकर्माको पाठेघरको क्यान्सर रोगबाट निधन भएको छ ।
रुन्टीगढी गाउँपालिका–४ की वडा सदस्य ३५ वर्षीया विश्वकर्माको बिहीबार मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जनक पुनले बताएका छन् ।
पाठेघरको क्यान्सरको उपचार गराउँदै आएकी विश्वकर्माको मृत्यु आफ्नै घरमा बिहीबार बिहान २ बजेतिर भएको थियो ।
परिवारले विश्वकर्माको उपचार चितवन, दाङ, काठमाडौं लगायतका अस्पतालमा समेत गराएका थिए ।
अघिल्लो वर्ष २०८० को असार २७ मा उक्त वडाका वडाध्यक्ष टंकबहादुर पुनको पनि मृत्यु भएको थियो । पुनको मृत्यु निमोनियाका कारण भएको चिकित्सकले बताएका थिए । पुनसमेत कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
Published : Thursday, 2024 May 30, 8:53 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया