सभापति खतिवडाद्वारा गृहजिल्लाका शेर्पालाई सगरमाथा बेस क्याम्पमै पुगेर दिए बधाइ
सोलुखुम्बु । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सगरमाथाको सफल आरोहण गरेका गृहजिल्ला ओखलढुङ्गाका बाबु शेर्पालाई स्वागत गर्दै बधाइ दिएका छन् ।
बुधबार बेस क्याम्पमै पुगेर सभापति खतिवडाले शेर्पालाई बधाइ दिएका हुन् । शेर्पासहित ६ जनाको समूहले सगरमाथाको सफल आरोहण गरेर बेस क्याम्पमा फर्किएको छ ।
सभापति खतिवडाले भनेका छन्, ‘आज सगरमाथा दिवस । म सगरमाथा बेस क्याम्पमा । ओखलढुङ्गाका बाबु शेर्पालगायत ६ जना साथीहरू सगरमाथा सफलता पूर्वक आरोहण गरी बेस क्याम्प झर्नु भएको थियो । मलाई त्यहिँ पुगेर बधाई तथा धन्यवाद दिने अवसर बाबु शेर्पाले नै मिलाउनु भयो । सबैलाई बधाई छ ।’
ओखलढुङ्गा स्थायी घर भएका शेर्पालाई बधाइ दिएर सभापति खतिवडा बुधबार नै सगरमाथा बेस क्याम्पबाट काठमाडौं फर्किएका छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया