पद्मकन्या माबि डिल्लीबजारमा भारतले बनाइदियो ३९ कोठाकाे सुविधायुक्त छात्राबास
काठमाडौं । भारत सरकारको कूल परियोजना लागत नेरु.३.२३६ करोड आर्थिक सहयोगमा काठमाडौंको डिल्लीबजारस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवनको उद्घाटन गरिएको छ ।
सोमबार जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमाउ द्घाटन गरेका छन् ।
‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गतको भारत सरकारको अनुदान सहयोग काठमाडौंस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावासलाई आवश्यक भान्सा कोठा, डाइनिङ्ग हल, भण्डार कक्ष, वार्डेन कक्ष, गार्ड कक्ष, अतिथिकक्ष, कार्यालय कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रतीक्षालय, ग्रीन रुम, लन्ड्री, शौचालय, स्नानघर, सोलार ब्याकअप सिस्टम लगायतको सुविधा सहितको ३९ वटा कोठा भएकोे चार तल्ले छात्रावास भवनको निर्माणमा उपयोग गरिएको भारतीय राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत परियोजनालाई उच्चप्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, काठमाडौंमार्फत गरिएको थियो ।
श्री पद्मकन्या माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि राम्रो आवासीय सुविधा तथा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्चप्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये काठमाडौं जिल्लाका ४१ वटा परियोजनासहित बागमती प्रदेशमा १०६ वटा परियोजना रहेका छन् ।
यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।
त्यसमध्ये काठमाडौं जिल्लालाई प्रदान गरिएको ७० वटा एम्बुलेन्स र ५३ वटा स्कुल बससहित बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९८ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको छ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।
उच्चप्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको भारतीय राजदूतावासले जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया