मष्ट्रा देवताका धामी कांग्रेसमै, तरुण अध्यक्ष गुरुङसँग भेट, भ्रम नफैलाउन एमालेलाई चेतावनी
काठमाडौं । मष्ट्रा देवताका धामी कृष्णप्रसाद उपाध्यायले आफू नेपाली कांग्रेसमा रहेको बताउँदै भ्रमको पछाडि नलाग्न अनुरोध गरेका छन् ।
सोमबार काठमाडौंमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङसँग भेट गरेर बझाङ जिल्ला निवासी उपाध्यायले आफू कांग्रेसमै रहेको बताए । उपाध्यायले भने, ‘नेपाली कांग्रेसको क्रियाशील सदस्य हुँ । कांग्रेसको कार्यकर्ता हुँ । मेरोविरुद्धमा एमालेका नेता तथा कार्यकर्ताहरूले फैलाएको भ्रम मात्रै हो ।’
बझाङ जिल्लामा भएको प्रदेशसभातर्फको उपनिर्वाचनका क्रममा कांग्रेसका क्रियाशील सदस्य उपाध्याय पार्टी छाडेर एमालेमा प्रवेश गरेको भनेर एमालेका नेता ऐन महरले दाबी गरेका थिए । एमाले नेता महरको भ्रमको पर्दाफास भएको छ ।
म्युनिस्टहरूले कति निच हर्कत र भ्रम फैलाउँछन् भन्ने कुराको पुष्टि उपाध्यायको बारेमा गरिएका भ्रमले खुलासा भएको छ । गुरुङले एमालेका नेता कार्यकर्तालाई कांग्रेसविरुद्ध भ्रमको खेती नगर्न सचेत गराएका छन् ।
बझाङको मष्ट्रा गाउँपालिका वडा नं. ४ बाहुनगाउँ निवासी उपाध्याय मष्ट्रा देवताका धामी हुन् ।
तरुण दलका अध्यक्ष गुरुङले एमाले भ्रमको खेती गर्ने पार्टी भएको भन्दै त्यसका नेता कार्यकर्ताहरूको पछाडि लाग्न नहुने बताए । अध्यक्ष गुरुङले उपाध्यायलाई कांग्रेसमा रहेर देश, जनता र पार्टी संठनमा काम गर्न निर्देशन दिएका छन् ।
अध्यक्ष गुरुङसँगको भेटमा बझाङ जिल्लाको प्रदेशसभा १ को उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका अभिषेकबहादुर सिंह र बझाङ कांग्रेसका सचिव झलक कठायत, तरुण दलका केन्द्रीय सदस्य सरोजबहादुर शाही, जीत क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया