प्रतिशोधमा लामिछानेले बदला लिए, कान्तिपुरको कार्यलयभित्र प्रहरी प्रवेश गरी सिरोहियालाई गिरफ्ता
काठमाडौं । सहकारीपीडितका पक्षमा निरन्तर समाचार प्रशारण र प्रकाशन गर्दै आएको कान्तिपुरसँग सहकारी ठगीको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेलाई चित्त नबुझेका बेला कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले कार्यकक्षबाटै गिरफ्तार गरेको छ ।
काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयभित्र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सादापोशाकका प्रहरीले अध्यक्ष सिरोहियालाई गिरफ्तार गरेको हो । करीव एक सयभन्दा धेरै प्रहरीले कान्तिपुरको कार्यालय घेराउ गरेर कार्यालयभित्रै प्रवेश गरेर सिरोहियालाई प्रहरीले गिरफ्तार गरेको छ ।
दुई हप्ता अगाडि धनुषा जिल्लामा सिरोहियाविरुद्ध नागरिकताका विषयमा उजुरी परेको थियो । उजुरी परे पनि प्रहरीले एकपटक पनि सोधपुछ नगरेर सिधै प्रहरीले अदालतबाट मंगलबार पक्राउ पुर्जी लिएर गिरफ्तार गरेको छ ।
सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले अध्यक्ष सिरोहियालाई समाचारमा प्रतिशोध साँधेर गिरफ्तार गराएको सिरोहियाले आरोप लगाएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया