सहकारी ठगका आरोपी गृहमन्त्री र प्रचण्डबारे निर्णय गर्न कांग्रेसले बोलायो बैठक
काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका आरोपी गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानविन समितिको माग राख्दै आएको नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
आइतबार सूचना जारी गरेर कांग्रेसले सोमबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जनाएको छ ।
संसदीय दलको बैठक बस्नु भन्दा अगाडि कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संसद भवन नयाँ बानेश्वरस्थित संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ ।
गृहमन्त्री लामिछाने सहकारी ठगीमा मुछिएको विषयमा संसदीय छानविन समिति बनाउने क्रममा कार्यदेशमा सहमति हुन सकेको छैन । सत्तापक्षले गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरेर समिति बनाउनुपर्ने अडान राखेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय समितिले छानविन गर्नुपर्ने माग राख्दै आएको छ ।
उता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारको संसद बैठकबाट विश्वासको मत लिन लागेका छन् । प्रधानमन्त्री दाहाललाई विश्वासको मत लिन दिने वा नदिने ? भन्ने विषयमा पनि कांग्रेसले निर्णय गर्नेछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया