‘ढिँकीच्याउँ’मा साहिमा, सन्दीप र गोविन्दको नयाँ प्रयोग (भिडियो)
काठमाडौं । गायिका साहिमा श्रेष्ठ र गायक सन्दीप न्यौपानेको स्वरमा ‘ढिँकीच्याउँ’ बोलको गीत रिलिज भएको छ । गीत फास्ट ट्रयाकमा बनेको छ ।
गायिका श्रेष्ठको युट्युब च्यानलबाट ‘ढिँकीच्याउँ’लाई रिलिज गरिएको हो । गीतमा संगीतकार गोविन्दमधुर आचार्यले संगीत दिएका छन् । एरेञ्ज पनि आचार्यले नै गरेका हुन् । गीतलाई मिक्सिङ सन्तोष पौडेलले गरेका छन् ।
गीतका शब्द गायक न्यौपाने आफैले लेखेका छन् । लोक आधुनिक लयमा रहेको यो गीतमा नायिका एवम् मोडल खुस्बु खड्काले मोडलिङ गरेकी छिन् । खुस्बुलाई ‘नेपाली ठिटोज् एण्ड टिम’ले साथ दिएका छन् ।
सुनील क्षत्रीको निर्देशन, टंक केसीको छायँकन र विकास ज्ञवालीको सम्पादन रहेको म्युजिक भिडियोमा केही फरक स्वाद दिन खोजिएको छ ।
https://www.youtube.com/watch?v=gsKS5daFYHg&feature=share
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत