‘ढिँकीच्याउँ’मा साहिमा, सन्दीप र गोविन्दको नयाँ प्रयोग (भिडियो)

काठमाडौं । गायिका साहिमा श्रेष्ठ र गायक सन्दीप न्यौपानेको स्वरमा ‘ढिँकीच्याउँ’ बोलको गीत रिलिज भएको छ । गीत फास्ट ट्रयाकमा बनेको छ ।

गायिका श्रेष्ठको युट्युब च्यानलबाट ‘ढिँकीच्याउँ’लाई रिलिज गरिएको हो । गीतमा संगीतकार गोविन्दमधुर आचार्यले संगीत दिएका छन् । एरेञ्ज पनि आचार्यले नै गरेका हुन् । गीतलाई मिक्सिङ सन्तोष पौडेलले गरेका छन् ।

गीतका शब्द गायक न्यौपाने आफैले लेखेका छन् । लोक आधुनिक लयमा रहेको यो गीतमा नायिका एवम् मोडल खुस्बु खड्काले मोडलिङ गरेकी छिन् । खुस्बुलाई ‘नेपाली ठिटोज् एण्ड टिम’ले साथ दिएका छन् ।

सुनील क्षत्रीको निर्देशन, टंक केसीको छायँकन र विकास ज्ञवालीको सम्पादन रहेको म्युजिक भिडियोमा केही फरक स्वाद दिन खोजिएको छ ।

https://www.youtube.com/watch?v=gsKS5daFYHg&feature=share

Published : Thursday, 2018 September 20, 10:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया