ओलीलाई भेट गरेका शेखरद्वारा कार्कीसँग विशालनगरमा वार्ता
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग पनि भेटवार्ता गरेका छन् ।
आइतबार मुख्यमन्त्री कार्कीले नेता कोइरालालाई काठमाडौंको बालुवाटारस्थित कोइरालाको सचिवालय विशालनगरमा भेट गरेका हुन् । कोशी प्रदेश सरकारको विषयलाई लिएर उनीहरूका बीच कुराकानी भएको छ ।
कोशी प्रदेश मध्यावधिमा जानु हुन्न भन्ने विषयमा कार्की र कोइरालाबीच सहमति भएको छ । केही दिन अगाडि कोशी प्रदेशको सरकार टिकाएर जाने विषयमा नेता कोइरालाले एमाले अध्यक्ष ओलीसँग प्रस्ताव राखेका थिए ।
ओलीले भने संघीय सरकारको गठबन्धन अर्को भएको अवस्थामा प्रदेशमा अर्को हुन नसक्ने जवाफ दिएका थिए ।
नेता कोइरालाले गत बुधबार बालकोटमा पुगेर एमालेका अध्यक्ष ओलीसँग भेट गरेका थिए । भेटमा अहिलेको गठबन्धन भत्काएर कांग्रेस र एमाले मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया