निर्माण व्यवसायी सिद्धार्थद्वारा नाङ्गो भिडियो बनाइ ५ करोड ब्ल्याकमेलिङ, अस्पताललाई हिरासत बनाए
भैरहवा । एकल महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुटवल उपमहानगरपालिका–११ का निर्माण व्यवसायी सिद्धार्थ गुरुङलाई पक्राउ गरेको छ ।
गुरुङले महिलालाई जबरजस्ती करणी गरेको भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोप पनि लागेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका निवासी महिलाको घरमै गएर गुरुङले जबरजस्ती करणी गरी भिडियो बनाएको अभियोग लागेको छ ।
गुरुङले महिलाको भिडियो खिचेर आफूले भनेअनुसार नगरे सार्वजनिक गरिदिने धम्की दिने गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख रञ्जीतसिंह राठौरले गुरुङविरुद्ध पीडित महिलाले जबरजस्ती करणीको मुद्दा दर्ता गराएको बताए ।
पटक पटक करणी गरी आफ्नो ५ करोडको सम्पत्तिसमेत लगेको ती महिलाले गुरुङलाई आरोप लगाएकी छिन् ।
पक्राउ परेका गुरुङ सिद्धार्थ सिटी अस्पतालमा बसेका छन् । गुरुङको अप्रेशन भएका कारण चिकित्सकको सिफारिसअनुसार अस्पताल भर्ना भएको एसपी राठौरले बताए ।
गुरुङले सुरुमा ती महिलालाई दिदीको नाता लगाएर नजिकिएका थिए । प्रहरीले अनुसन्धानका लागि भन्दै तीन पटक गरेर १९ दिन म्याद थप गरिसकेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया