बागमती कांग्रेसका नेता र जनप्रतिनिधिहरू चरीकोटमा भेला
चरीकोट । नेपाली कांग्रेस बागमती प्रदेशअन्तर्गतका १३ जिल्लाका नेता तथा निर्वाचित जनप्रतिनिधिहरू दोलखामा भेला भएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको प्रदेशस्तरीय पार्टी र जनप्रतिनिधि विषयक दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रदेशभित्रका नेता तथा जनप्रतिनिधि दोलखामा जम्मा भएको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले बताए ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन शुक्रबार दिउँसो २ बजेट हुनेछ । प्रशिक्षणको उद्घाटन उपसभापति पूर्णबहादुर खड्काले गर्ने बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले बताएका छन् ।
बागमती कांग्रेसका सभापति बानियाँ र उपसभापति खड्का बिहीबार दोलखा आइसकेका छन् ।
नेपाली कांग्रेसको व्यवस्थापन सदरमुकाम चरिकोटको होटल एम्ब्रोसियामा सञ्चालन हुने कार्यक्रम दोलखा सहित बागमती प्रदेशभित्रका करिब दुई सय जना कांग्रेस नेता तथा जिल्ला पार्टी प्रतिनिधि, प्रदेश प्रतिनिधि, प्रतिनिधि सभा प्रतिनिधि, प्रदेश सभा प्रतिनिधि र स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतका जनप्रतिनिधिहरूको सहभागी रहने कांग्रेस दोलखाका सभापति लामाले बताए ।
कार्यक्रममा दोलखाका बाहेक जिल्लाहरू रामेछापबाट ११ जना, काठमाडौंबाट २१ जना, भक्तपुरबाट ६ जना, ललितपुरबाट १४ जना, काभ्रेपलान्चोकबाट १६, मकवानपुरबाट ११, चितवनबाट १०, सिन्धुपाल्चोकबाट १७, नुवाकोटबाट १२, धादिङबाट १८, रसुवाबाट ७ र सिन्धुलीबाट १० जना प्रतिनिधि प्रशिक्षण कार्यक्रम सहभागी हुन दोलखा आउँदै छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया