सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेद्वारा ठूलो संख्यामा डीआइजी र एसएसपीहरूको सरुवा
काठमाडौं । सहकारी ठगी काण्डमा मुछिएर विवादमा परेका गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बल नेपालका १६ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेका छन् ।
लामिछानेले मंगलवार मन्त्रिस्तरीय निर्णय गरेर १६ जना डीआईजीको सरुवा गरेका हुन् ।
डीआईजी ई.किशोर प्रधानलाई पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा गरिएको छ । श्रेष्ठ यसअघि सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागमा थिए ।
डीआईजी कमल गिरीलाई कार्य विभागबाट राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
प्रतिष्ठानमा रहेका डीआईजी अभिकुमार खत्रीलाई विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा सरुवा गरिएको छ ।
मानव स्रोत व्यवस्थापन विभागका डीआईजी कुलबहादुर नेम्वाङको मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा सरुवा भएको छ ।
डीआइजी दुर्गाप्रसाद भट्टराईको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयबाट महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा भएको छ ।
डीआइजी शम्भु सुवेदीको बराह बाहिनी सुनसरी, कालीदास धौवजीको छिन्नमस्ता बाहिनी महोत्तरी, कुमार न्यौपानेको प्रहरी महानिरीक्षकको सचिवालय, लक्ष्मणबहादुर संहको सीमा सुरक्षा विभागमा सरुवा भएको छ ।
डीआइजी प्रदीपकुमार पालको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, सुरेशकुमार श्रेष्ठको मानवश्रोत विभाग, अञ्जनीकुमार पोखरेलको स्टाफ कलेल, पुरुषोत्तम थापाको कार्य विभाग र दीपक अधिकारीको बैद्यनाथ बाहिनी कैलालीमा सरुवा भएको सूचनमा उल्लेख छ ।
यसैबीच, गृहमन्त्री लामिछानेले सशस्त्र प्रहरी बल नेपालका १८ जना सशस्त्र प्रहरी बरीष्ठ उपरीक्षक (एसएसपी)हरूको पनि सरुवा गरेका छन् ।
सरुवा हुनेहरूमा कृष्ण ढकाल, मनीष थापा, प्रकाश थापा, विष्णुप्रसाद भट्ट, सुधिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, उद्धवबहादुर न्यौपाने, राजेन्द खड्का, नरेन्द्र सेन, शंकर खनाल, राजेश उप्रेती, रहेका छन् ।
रविनराज कर्णजीत, भरत खनियाँ, रमेशकुमार पाण्डे, सूर्यबहादुर सेन ओली, प्रमोदकुमार साह तेली, नानीराम हुमागाईंको पनि सरुवा भएको छ ।








बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया