देउवाले मदनको मृत्युबारे एमालेका कार्यकर्तामाझ केपी-विद्यादेवीलाई झारे, र्याखर्याख पारे
गोदावरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्यादेवी भण्डारी दुईपटक राष्ट्रपति र एमालेका नेताहरू पटक प्रधानमन्त्री हुँदा पनि किन मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भनेर प्रश्न गरेका छन् ।
सोमबार ललितपुरको गोदावरीमा एमालेले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘म आज वास्तवमा भन्ने हो भने मदन भण्डारी जस्तो व्यक्तिको खुसीमा राम्रै कुरा गर्ने इच्छा थियो । राम्रै कुरा मन छ ।’
देउवाले भने, ‘अहिले आएर यहाँ, कांग्रेसलाई गाली गर्नसम्म गाली गर्नुभयो उहाँहरूले । एमालेले उहाँ एमालेले । आफैले जवाफ दिनु परिहाल्यो के गर्ने ? मलाई गाली गर्नेहरूले मदन भण्डारी किन मर्यो ? किन भन्न सक्दैन ? मदन भण्डारी मारेको कसले हो ? रक्षामन्त्रीले बोल्यो । कसले रोक्या छ खोज्नलाई ? के कांग्रेसले रोक्या हो ? कसले रोकेको छ यो ? आफू खोज्न नसक्ने, कांग्रेसलाई गाली गरिरहने ? मदन भण्डारीको हत्यारा को हो ? अहिलेसम्म पत्ता लगाउन सक्या छैन ।’
‘हुँदाहुँदा त्यो ड्राइभर पनि मारियो । कसले मा¥यो पत्ता लगाउन सक्या छैन भन्देखीलाई मदन भण्डारी नेता हो । राम्रो नेता हो । यसमा दुईमत छैन’, देउवाले भने ।
उनले भने, ‘तर, मार्नेको पत्ता अहिलेसम्म किन लागेन ? त्यस कारणले चाहिँ कांग्रेसको विरोध गर्न सजिलो होला । गर्नुस् केही छैन । तर, हाम्रो पनि कुरा भन्नु पर्यो नि ? किन मदन भण्डारीको हत्यारा पत्ता लागेन ? के कांग्रेसले रोक्या छ यहाँ ? कसले रोकेको हो यो ? यो रहस्य भए तपाईहरूको दुई पटक राष्ट्रपति भइसक्नुभयो । प्रधानमन्त्रीहरू बनिसक्या छन् सबै । खै पत्ता लागेको ?’
‘त्यस कारणले मलाई विरोध गरेर, गाली गरेर केही हुनेवाला छैन । त्यसैले चाहिँ पत्ता लगाउनुप¥यो तपाईहरूले’, सभापति देउवाले भने ।
कार्यक्रममा एमालेले मदन भण्डारीबारे भिडियो दृष्य देखाएको थियो । त्यो दृष्यमा एमालेले मदन भण्डारीको मृत्युको जिम्मेवार नेपाली कांग्रेसलाई लगाएको थियो ।
त्यसको जवाफमा सभापति देउवाले देशभरिबाट आएका एमालेका राष्ट्रिय परिषदका सदस्य, नेता कार्यकर्ताका सामु साफसँग झारेका हुन् । देउवाले मदन भण्डारीको मृत्युको कारण पत्ता लगाउन कांग्रेसले नरोकेको भन्दै विद्यादेवी भण्डारी र केपी ओलीले किन पत्ता नलगाएको भनेर प्रश्न गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया